सूनौला हजार दिनसम्बंधी जानकारी चाहिएमा : ९८०८७८५९७७ मा सम्पर्क गर्नु होला

सुनौला १००० दिन 

महिला गर्भवती भएदेखि उनको बच्चाको दोस्रो जन्मदिन सम्मको १००० दिनको अवधि (९९महिना + २४महिना वा २७० दिन+७३० दिन = १००० दिन) बालबालिकाको लागि स्वस्थ र समृद्ध भविष्य निर्धारण गर्ने र बालबालिकाहरुको ८० प्रतिशत दिमागको विकास यसै अवधिमा हुने भएकोले यो जीवनको महत्वपूर्ण अवसर हो । त्यसैले यस अवधिलाई सुनौला १००० दिन भनिएको हो । यही १००० दिनको अवधिमा प्राप्त हुने सही किसिमको पोषण, स्वास्थ्य सेवा र हेरचाहले बच्चाको हुर्कने, सिक्ने तथा मानसिक शक्ति र शारीरिक क्षमता विकास गर्ने जस्ता प्रक्रियामा सहयोग पु-याउँदछ ।

आज न्युन पोषण नै विश्वभर बालबालिकाको मृत्युको प्रमुख कारण हो । गर्भवती अवस्थामा पोषणयुक्त खानाको कमी भएमा बालबालिकाहरूको वाल्यवस्थामै मृत्यु हुने तथा जीवित बालबालिकाहरूमा पनि आजिवन बौद्धिक र शारीरिक कमजोरीका साथै गम्भिर स्वास्थ्य समस्या हुने बढी सम्भावना हुन्छ । दुई बर्ष मुनिका शिशु र बालबालिकामा न्युन पोषणका परिणामहरु प्रायः गम्भिर र स्थायी किसिमका हुने भएकोले भविष्यमा यसले बालबालिकाहरूमा दीर्घकालिन असरहरू निम्त्याँउदछ । दुई बर्ष भन्दा कम उमेरका बालबालिकामा न्युन पोषणले बच्चाको रोग प्रतिरोधात्मक प्रणलीलाई कमजोर बनाउँछ जसले गर्दा न्युमोनिया, झाडापखाला तथा औलो जस्ता रोगहरूलाग्ने जोखिम बढी हुन्छ ।

सुनौला १००० दिनको अवधिमा आमा र बच्चाको पोषणमा ध्यान दिएमा बच्चालाई स्वस्थ र उत्पादनशिल जीवन जिउन सुनिश्चित गर्न सकिन्छ । सुनौला १००० दिनको अवधिमा पोषणमा गरिने लगानी बढाउँदा त्यसले परिवार, समुदाय र मुलुकलाई नै गरिकीको दुश्चक्रबाट बाहिर ल्याउन सहयोग पुग्दछ । १००० दिनको अवधिमा आमा र बच्चाले सही किसिमको पोषण र हेरचाह पाएमा निम्न कार्यमा सघाउ पु-याउँदछ भन्ने विभिन्न अध्ययन र सर्वेक्षणहरूले देखाएको छन्ः

– विश्वभर प्रत्येक बर्ष १० लाख भन्दा बढी आमा र बच्चाको जीवन बचाउन सकिन्छ

– टिवि, औलो र एचआइभी/एड्स जस्ता रोगहरुको मानवीय तथा आर्थिक भारमा महत्वपूर्ण रुपमा कमी आउँछ

– मधुमेह लगायत विभिन्न किसिमका नसर्ने रोगहरूको जोखिमलाई न्युन गर्दछ

– व्यक्तिको शैक्षिक उपलब्धि तथा आयआर्जन क्षमतामा सुधार आउँछ  र

– मुलुकको वार्षिक कुल ग्राहस्थ उत्पादनमा कम्तिमा २–३ प्रतिशतले वृद्धि हुन्छ

वैज्ञानिकहरू, अर्थशास्त्रीहरू तथा स्वास्थ्य क्षेत्रका विज्ञहरूले सुनौला १००० दिनको अवधिमा आमा र बच्चाको पोषणमा सुधार ल्याउन सकिएमा विश्वव्यापी रुपमा स्वास्थ्यको स्तर र दिगो विकासमा प्रगति हाशिल गर्न सकिने भएकोले यसमा सर्वेत्कृष्ट लगानी गर्नुपर्ने कुरामा सहमती जनाएका छन् ।

त्यसैले, बच्चादेखि किशोरावस्थासम्म पोषिलो खाना खाएको, स्वस्थ, शिक्षित र २० बर्षपछि मात्र गर्भवती हुने महिलाहरुको गर्भावस्था सुरक्षित हुने र उनीहरुले स्वस्थ बच्चा जन्माउने सम्भावना बढी हुन्छ ।  

 

 

चरणहरु



गर्भरहेदेखि नौ महिनासम्मको अवधी पहिलो चरण हो

Read More

शिशु जन्मेदेखि ६ महिनासम्मको अवधि दोस्रो चरण हो

Read More

शिशु ६ महिना पुरा भएदेखि १२ महिना सम्मको अवधि तेस्रो चरण हो

Read More

शिशु १२ महिना पुराभएदेखि २४ महिनाको अवधि चौथो चरण हो

Read More

अडियो