सूनौला हजार दिनसम्बंधी जानकारी चाहिएमा : ९८०८७८५९७७ मा सम्पर्क गर्नु होला

चौथो चरण: १२ महिना पुराभएदेखि २४ महिना


शिशु १२ महिना पुराभएदेखि २४ महिनाको अवधि चौथो चरण हो

 

 आमको दूधमा नै शिशुलाई चाहिने आवश्यक प्रोटिन, भिटामिन ए र आइरन हुन्छ

थप ठोस खाना खुवाउँदा खानाको प्रकार, पटक, मात्रा, बाक्लोपन, खुवाइ र सरसफाईमा ध्यान दिनुपर्छ ।

पटकः उमेर अनुसारको खुवाई हुनुपर्छ । १३–२४ महिनाः आमको दूधसँगै तीन पटक पुरक खाना र दुइ पटक हल्का खाजा खुवाउनुपर्छ ।
मात्राः  एक पटकमा २५० मि.लि (२ चिया गिलास) बराबरको खाना खुवाउनुपर्छ ।
बाक्लोपनाः शिशुलाई खुवाउने खाना बाक्लो र राम्ररी मिचेर नरम बनाएको हुनुपर्छ ।
प्रकारः हाम्रो गाँउघरमा पाइने चामल, दालबाट बनेको जाउलो वा लिटो बाट शुरु गर्नुपर्छ । बिस्तारै शिशुलाई अण्डा खुवाउन शुरु गर्नुपर्छ । गाँउघरमा उपलब्ध चार समूहका खानाहरू शिशुलाई दिनहुँ खुवाउनुपर्छ । शिशुको खानामा क) अन्नः चामल, मकै, जुनेलो, जौं, फापर, गहुँ, आलु ख) दाल तथा गेडागुडीः केराउ, बोडि, भटमास, बदाम ग) खनिज, भिटामिन ए पाइने हरियो तरकारी, पहेलो फलफूल तथा सागपातहरु ग) पशुपंक्षी जन्यः अण्डा, माछा, मासु, पनिर, दूध, दही आदि दिनहु खुवाउनुपर्छ ।
खानामा दुइ बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नुन मात्र प्रयोग गर्नुपर्छ ।

 

सक्रिय खुवाइः आमाको दूध खाइरहेकोले अन्य नयाँ खानेकुरा खाना शिशुलाई समय लाग्न सक्छ । धैर्यतापूर्वक शिशुलाई खानको लागि प्रोत्साहन गर्नुपर्छ, जबरजस्ती  गर्नुहुदैन । शिशुले कति खायो भन्ने थाहा पाउन उनीहरुलाई छुट्टै थाल वा कचौरामा खाना दिनुपर्छ ।


सरसफाईः झाडापखाल र अन्य संक्रामक रोगलाग्नबाट बचाउन सरसफाईमा बिशेष ध्यान दिनुपर्छ । झोल खानेकुरा वा अन्य खाना दिदाँ सफा चम्चा र कप वा कचौरा प्रयोग गर्नुपर्छ । सफा र स्वस्थकर स्थानमा खानेकुरा राख्नुपर्छ । शिशुलाई खाना खुवाउन अघि, खाना बनाउन अघि, शिशुको दिसा धोएपछि साबुन पानीले मिचिमिचि हात धोऔ ।

 

 

 

बाल उत्प्रेरणा

  • कथाको पुस्तक पढेर सुनाउने, चित्रहरु देखाएर कुराकनी गर्ने
  • वरिपरि भएको कुनैपनि सुरक्षित वस्तुसँग खेल्न दिने
  • शिशुलाई हात धुन सिकाउने
  • शिशुलाई माटो रङगिन पेन्शिलले विस्तारै कोर्न सिकाउने

 

याद राखौं

  • स्वास्थ्यकर्मी वा महिला स्वास्थ्य स्वंयम सेविकाको सल्लाह अनुसार शिशुलाई बहुशुक्ष्म पोषण तत्व  (Micro Nutrient Powder) खुवाउने
  • शिशु १५ महिना पुगेपछि राष्ट्रिय खोप तालिका अनुसार दादुरा रुबेला खोपको दोस्रो मात्र दिने
  • बैशाख र चैत्र महिनामा हुने भिटामिन ए क्याप्शुल खुवाउने कार्यक्रम अनुसार शिशुलाई नजिकको खोप केन्द« वा स्वास्थ्य संस्थामा लगि भिटामिन ए खुवाउने
  • मलेरिया, इन्सेफलाइटिस, चिकनगुनिया, डेङगु, जिकाजस्ता लामखुट्टेको टोकाईबाट हुने रोगहरूबाट बच्नको लागि शिशुलाई कीटनाशक औषधीले उपचार गरिएको झुलभित्र मात्र सुताउने
  • उमालेर वा क्लोरिन हालेर वा फिल्टर गरेर शुद्धिकरण गरेको पानी मात्र खुवाउने